यता म खाली अन्जान तिमी पनि उस्तै हौली
खोइ कस्तो कर्मको लेख हो यो?
समय आउला भन्दा भन्दै उमेर ढल्दै गईसको
यहाँ दोषी को छ कसमाथि औंला ठड्याउने हो ?
लभमा या एरेन्जमा बिश्वास छ मेरो
नजाने कि तिमीलाई जान्ने धोको मेरो
मनमा छुट्टै उर्जा अनि तिमी प्राप्तिको सोच छ
मेरो हातमा तिम्रो हात हुँदाको त्यो पल बेग्लै खास बन्ने छ
अनि त्यो तिम्रो खाली सिउँदो रंग्याएर तिमीलाई
यो जुनिका लागि आफ्नो बनाई
मन मुटुमा सजाई अनि यो छातीमा बेरी
लुटुपुटु गर्दै हामी दुईको जीवन अगाडि बढ्ने छ
बस यही एक सपना अनि चाहना छिटै पूरा गर्नु छ ।
लेखक:- माधव प्रसाद दहाल
Tags
साहित्य संसार

