रुद्री पाठ

रुद्री पाठ

 नेपालमा धेरै जसो गरिने कर्ममा रुद्री पुजा पनि पर्दछ । जुन हिन्दु धर्मावलम्बीले यो कार्य घरमा बाजे बोलाएर लाउने गर्दछन् । रुद्री धेरै अन्य अवसरहरूमा पनि गरिन्छ जस्तै नयाँ चीजहरू जस्तै व्यापार, विवाह, जागिर आदि।

'रुद्री' को अर्थ 'शिव - परोपकारी', 'दुष्टको विनाशकर्ता' र 'पूजा' भनेको पूर्णताबाट जन्मेको हो।   यस पूजामा भगवान शिवलाई रुद्र स्वरूपमा पुजा गरिन्छ ।  रुद्री पुजा हामी नेपाली माझमा धेरै नै आस्था अनि बिश्वासको धरोहर हो । हामीलाई यो बिश्वास छ कि घरमा रुद्री पुजा लगाउँदा भोले बाबाले हामीलाई रक्षा गर्नु हुन्छ भने तिनै महादेव संघारक पनि हुन् ।  

"ध्यायेन्नित्यं महेशं रजतगिरिनिभं चारुचन्द्रावतंसं

रत्नाकल्पोज्वलाङ्गं परशुमृगवराभीतिहस्तं प्रसन्नम् 

पद्मासीनं समन्तात्स्तुतममरगणैर्व्याघ्रकृत्तिं वसानं

विश्वाद्यं विश्ववन्द्यं निखिलभयहरं पञ्चवक्त्रं त्रिनेत्रम्"  ।।

यसको अर्थ यस्तो हुन आउँछ ⬇️⬇️⬇️

चाँदीको पर्वतसरह जसको श्वेतकान्ति छ, जसले सुन्दर चन्द्रमालाई आभूषणका रूपमा धारण गर्नु भएको छ, रत्नमय अलङ्कारहरूबाट सुसज्जित भएकाले जसको शरीर समुज्ज्वल छ, जसका हातमा परशु, मृग, वरदान र अभयदान छ,

देवतागण जसका चारैतिर उभिएर स्तुति गर्दछन्, जसले बाघको छालाको कपडा पहिरनु हुन्छ, जो विश्वको आदि, जगत्को बीज, तथा समस्त भयलाई हरण गर्ने हुनुहुन्छ, जसका पाँचवटा मुख र तीनवटा आँखा छन्, ती परमपिता त्रिलोकीनाथ महादेवको दिन प्रतिदिन आराधना गर्नुपर्दछ ।

ॐ नमः शिवाय ।।


महादेव

आउनुस अब हर हर महादेव भन्दै रुद्री सुरु गरौं । तपाईले रुद्रीको पाठ यहाँ दिइएको लिंक बाट सजिलै पढ्न अनि डाउनलोड गर्न सक्नु हुनेछ ।

⬇️⬇️ यहाँ तल क्लिक गर्नुहोस् ⬇️⬇️

View and Download Files

Post a Comment

Previous Post Next Post

Contact Form